राष्ट्रघाती ओलीले हामीलाई पार्टीबाट निष्कासित गर्नु हास्यास्पद् : भीम रावल

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, २० : ०३
राष्ट्रघाती ओलीले हामीलाई पार्टीबाट निष्कासित गर्नु हास्यास्पद् : भीम रावल

काठमाडौँ । नेकपा एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नेता भीम रावलले हास्यास्पद भन्दै टिप्पणी गरेका छन् ।

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ,’ कारबाहीबारे रावलको प्रतिक्रिया छ, ‘यो केपी गुटको फुटवाद कै निरन्तरता हो।’

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपाल, रावल लगायत ११ जना नेता तथा विघटित संसदका सांसदलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासित गरेको छ।