‘प्रधानमन्त्री ओलीमा सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो, चुनाव भयो भने जनताको सार्वभौमसत्ता नै बुझाउलान’ : संविधानविद भिमार्जुन आचार्य

नेपाललाई फिजीको नियतिमा पु¥याउने उद्येश्यले नागरिकता अध्यादेश जारी

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, ०९ : ०९
‘प्रधानमन्त्री ओलीमा सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो, चुनाव भयो भने जनताको सार्वभौमसत्ता नै बुझाउलान’ : संविधानविद भिमार्जुन आचार्य

काठमाडौं । संविधानविद एवं अधिवक्ता भिमार्जुन आचार्यले कोरोना कहरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली मिलेर नेपाललाई फिजीको नियतिमा पु¥याउने उद्येश्यले नागरिकता अध्यादेश जारी गरेको आरोप लगाएका छन् । 

सामाजिक संजालमा नागरिकता अध्यादेशको विरोधमा प्रतिक्रिया व्यक्त गर्दै अधिवक्ता आचार्यले जसको विरोध आफैंले गरे, त्यही फेरी अध्यादेश मार्फत आफैंले ल्याए । उनले प्रधानमन्त्री ओली सत्ता स्वार्थको जस्तो सुकै सम्झौता गर्न सक्ने खतरा बढेको भन्दै भनेका छन्–‘भोलि चुनाव भयो भने जनताको सार्वसत्ताभौम नै बुझाउलान् ।’ एउटा नेता भन्दा देश ठुलो हो, होसियार हुन सबैसंग अपिल गर्दै उनले त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् : ‘राष्ट्र घातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यो । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए।

भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’

प्रतिक्रिया दिनुहोस