उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने ठाकुर पक्षको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १८ : १८
उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने ठाकुर पक्षको निर्णय

file-photo

काठमाडौं । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए ।

यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । कार्यकारिणी समितिको बैठक अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस