गण्डकी प्रदेशका नवनियुक्त खेलकुद मन्त्री दिपक मनाङेले लिए सपथ

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १५ : ११
गण्डकी प्रदेशका नवनियुक्त खेलकुद मन्त्री दिपक मनाङेले लिए सपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ दिपक मनाङेले सपथ लिएका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन । 

मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गरेका थिए । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिएका थिए । तर, मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् ।मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मनाङेलाई सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलोपटक मन्त्री बनाएका थिए । मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएको १० दिनमा राजीनामा दिएपछि उनको दश दिनमै पद गएको थियो ।

दश दिनमा पद गुमाएका उनै मनाङेलाई दोश्रो पटक निरन्तर मन्त्री बनाइएको हो । सपथ ग्रहणलगतै मन्त्री गुरुङले मन्त्रालयमा पुगेर पदभार ग्रहण समेत गरेका छन । यो सहित उनले दोश्रो पटक गण्डकी प्रदेश सरकारमा यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन ।

सपथ ग्रहणपछि कुरा गर्दै मन्त्री गुरुङले प्रदेशमा यूवा तथा खेलकुद मन्त्रालय नयाँ संरचना भएकोले मन्त्रालयलाई प्रशासनिक रुपमा चुस्त राख्न पहिलो प्रयास हुने बताए । यसैगरी प्रदेशको खेलकुदलाई अझै व्यवस्थित बनाउँदै आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्दै आवस्यक भौतिक पूर्वाधार लगायतका कामलाई अगाडी बढाउने उनले बताए । 

प्रतिक्रिया दिनुहोस