विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर र नागरिकताको फोटोकपी संकलन गर्न माधव पक्षका १८ सांसद बानेश्वरमा

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १४ : ५६
विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर र नागरिकताको फोटोकपी संकलन गर्न माधव पक्षका १८ सांसद बानेश्वरमा

काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आउने क्रम सुरु भएको छ ।

नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेका अनुसार १८ जना सांसदहरु बानेश्वर आइपुगिसकेका छन् । बाँकी सांसदहरु आउने क्रम जारी रहेको उनले बताए ।

विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु संसद भवन आइपुग्ने क्रम सुरु भएको नेता पाण्डेले बताए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

रिटमा धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस