संसद भंग गरेर मध्यरातमा चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च : डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ०९ : ४५
संसद भंग गरेर मध्यरातमा चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका छन् ।

शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति सामाजिक संजालमा टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका छन् ।

डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्–‘भित्रीर बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक-असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म ।’ यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ।’

प्रतिक्रिया दिनुहोस