प्रधानमन्त्रीलाई थप ७ मन्त्रालयको जिम्मा

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १६ : ०६
प्रधानमन्त्रीलाई थप ७ मन्त्रालयको जिम्मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न सर्वोच्चले रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै तोकेकी छिन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस