एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १५ : ४६
एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । अर्थ समितिको हलमा बैठक सुरु भएको कार्यदल सदस्य रघुजी पन्तले बताए ।

गएको २ जेठमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका पाँच÷पाँच नेता सम्मिलित कार्यदल गठन भएको थियो । पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव ल्याउने कार्यदल गठन भएको थियो ।

यसअघि एकपटक कार्यदलको बैठक बसेको थियो । तर फेरि आज बस्न लागेको पन्तले बताए । उनका अनुसार यो बिहीबार नै तय भएको हो ।

नयाँ सरकार गठन राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझसम्म पाँच बजेसम्मको समय दिए पछि एमालेको विवाद झनै उत्कर्षतिर देखिएको छ । तर पूर्वनिर्धारित कार्यदलको बैठक बस्न नेताहरु सिंहदरबारमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस