काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु भएको छ । नेपालसहित बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत छन् ।विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १४ : ४३
लेखकबाट थप