प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, ११ : ३९
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् । 

पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।
 

प्रतिक्रिया दिनुहोस