फेरी संसद् विघटन गर्ने नियत देखियो : संविधानविद् आचार्य

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, २० : ५४
फेरी संसद् विघटन गर्ने नियत देखियो : संविधानविद् आचार्य

फाइल फोटो

काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्नाले फेरी संसद् विघटन गर्ने नियत देखियो बताएका छन् ।

राष्ट्रपतीले संविधानको धारा ७६(३) बमोजिम नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने आधार नभएको भन्दै ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि अह्वान गरेपपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेकोजस्तो देखियो ।’ बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने योजना सुनाएको एक मन्त्रीले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस