थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १९० जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १७ : ४४
थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १९० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । 

यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए ।