राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल विजयी, गृहमन्त्री बादल पराजित

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १७ : ३०
राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल विजयी, गृहमन्त्री बादल पराजित

काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् । 

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै डा देवकोटा विजयी भएका हुन् । देवकोटाले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस