राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा देवकोटाले लिए अग्रता

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १७ : १६
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा देवकोटाले लिए अग्रता

काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले अग्रता लिएका छन् । २३३ मतगणना हुँदा देवकोटाले १२८ मत ल्याएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले १०३ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत ल्याएका छन् । डा देवकोटा एमालेका माधव नेपाल पक्षका हुन् । देवकोटालाई कांग्रेस, माओवादी केन्द्रलगायतका पाटीले सघाएका छन् । 


 

प्रतिक्रिया दिनुहोस