प्रधानमन्त्री ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता ,नेपाललाई भ्याक्सिन उपलब्ध गराउन अनुरोध

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १३ : ४२
प्रधानमन्त्री ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता ,नेपाललाई भ्याक्सिन उपलब्ध गराउन अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।