मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति विरुद्धमा चारदलले रिट दायर गर्ने

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १६ : ३६
मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति विरुद्धमा चारदलले रिट दायर गर्ने

बुटवल । लुम्बिनी प्रदेशका ४ विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध रिट दायर गर्ने भएका छन्।बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस