हत्या अभियोगमा श्रीमानसहित ४ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १५ : ०२
हत्या अभियोगमा श्रीमानसहित ४ जना पक्राउ

मोरङ । मोरङ प्रहरीले एक महिलाको अभियोगमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । 

अनिताको आज बिहान रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा  शव  फेला परेको थियो । घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेपछि घटनाको अनुशन्धानका लागि अनिताको श्रमानसहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको एसी खड्काले बताए ।

उनले घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको पनि जानकारी दिए ।