प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १२ : ३८
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका-९ नलिन्चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका-१० बस्ने ४३ वर्षीय शेर बहादुर भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

जगातीबाट साँगातर्फ जादै गरेको बाग्मती प्रदेश-०३-००१ च ०८६६ नम्बरको माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले उक्त नगद दिन खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।