एजेन्सी । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भएको भागदौडमा चारजनाको मृत्यु भएको छ ।
मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा भागदौड भएको थियो । उक्त भागदौडमा थुप्रै मान्छे घाइते भएका बीबीसीले जनाएको छ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार भक्तजनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
माघ १० गतेदेखि सुरु हुने दश दिने वैकुण्ठ द्वार दर्शनका लागि देशभरबाट ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ पुस २०८१, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर प्रदेशको हाथरसमा सत्संगमा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु