फेरी गयो लमजुङ केन्द्रविन्दु भएर ५.६ म्याग्निच्यूडको भूकम्प

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, ०८ : ४९
फेरी गयो लमजुङ केन्द्रविन्दु भएर ५.६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बुधबार दोस्रो पटक भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ८ बजेर २६ मिनेट भूकम्प गएको हो । भूकम्प ५.६ म्याग्निच्यूडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि भुलभुले नै केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । अहिले गएको भूकम्प सोही भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको छ । 

प्रतिक्रिया दिनुहोस