सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, ०७ : ०७
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो।

प्रतिक्रिया दिनुहोस