प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

बुधबार, २१ चैत्र २०७४, १० : ३३
प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसहित परराष्ट्र मामिलाका जानकार व्यक्तित्वहरुसँग  छलफल गरिरहेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेदेखि छलफल सुरु  भएको हो ।
प्रधानमन्त्री ओली आउँदो शुक्रबार भारत भ्रमणमा जाँदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । उनको यो यसपटक प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस