प्रदेश नं. ३ का भूमि ब्यवस्था मन्त्री लामाद्धारा भरतपुरको मालपोत र नापीको अनुगमन

मंगलबार, २० चैत्र २०७४, १४ : ०३
प्रदेश नं. ३ का भूमि ब्यवस्था मन्त्री लामाद्धारा भरतपुरको मालपोत र नापीको अनुगमन

चितवन । प्रदेश नम्बर ३ का कृषी तथा भूमिब्यवस्था मन्त्री दावा दोर्जे लामाले भरतपुरको मालपोत र नापी कार्यालयको अनुगमन गर्नुभएको हो ।
मन्त्री लामाले कार्यालयको अनुगमन संगै कर्मचारिलाई सेवाप्रबाहमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । भरतपुरको मालपोत र नापी कार्यालयमा हुने काममा ढिला सुस्ती रहने गरेको ब्यापक जनगुनासो आउने गरेका छन् ।
जनताको काममा ढिलासुस्ती नगर्नुस् उहाँले भन्नुभयो , “न्यायपूर्ण तवरले काम गरेर जनतालाई खुशी बनाउनुहोस् ।”


 
जनताको सेवा प्रबाहमा बाधा पुर्याउने कर्मचारीलाई कारबाही गरिने मन्त्री लामाले चेतावनी समेत दिनुभयो । उहाँले भ्रष्टचारमुक्त कार्यालय बनाउने अभियानमा लागेको भन्दै त्यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । “कार्यालयले जनताको काम छिटो छरितो गर्नुपर्छ,उहाँले भन्नुभयो,सानो कामका लागि पनि दुःख दिने प्रबृत्ती अन्त्य हुनुपर्छ ।”
 
सो अवसरमा मालपोत कार्यालयका कामु प्रमुख खेमनारायण पौडेल र नापी प्रमुख अमृत अधिकारीले कर्मचारी र स्रोतसाधनको अभावमा सेवा प्रवाहमा समस्या भएको गुनासो राखेको थिए । मन्त्री लामाले कार्यालयको निरिक्षणसंगै सेबाग्राहीको गुनासो समेत सुनेका थिए ।
 

 

प्रतिक्रिया दिनुहोस