‘प्रतिक्रियावादीहरुबाट निरन्तर प्रहार भइरहेकोले संघर्षमा उत्रिन आव्हान गर्छु’ :  प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १० : ५३
‘प्रतिक्रियावादीहरुबाट निरन्तर प्रहार भइरहेकोले संघर्षमा उत्रिन आव्हान गर्छु’ :  प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको भन्दै संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

मुस्लिम समुदायका पर्व इद उल फित्रको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले परिवर्तन विरोधी प्रगितामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका हुन् । विज्ञप्तीमा भनिएको छ , ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ।

अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ। परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु। ’

प्रतिक्रिया दिनुहोस