संघीयता कार्यान्वयनमा चुनौति देखियो :अध्यक्ष केसी

मंगलबार, २० चैत्र २०७४, १२ : ०४
संघीयता कार्यान्वयनमा चुनौति देखियो :अध्यक्ष केसी

काठमाडौँ  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गर्नुभएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । 

अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले पूर्वाधार विकासका कार्यमा अवरोध पुग्ने बताउँदै रा।जनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नभएकाले यसले जातीय र क्षेत्रीय बिग्रह तथा विखण्डनको स्थिति ल्याउने सक्ने विचार व्यक्त गर्नुभयो । 

राजनीतिक दलले स्थानीय तहमा दिएको अधिकार अत्यन्त महत्वपूर्ण भएको बताउँदै उहाँले विकेन्द्रीकरणको आधारमा संविधान संशोधन गरी संघीयता खारेज गरी देश र जनताको हितमा कार्य गर्न राजनीतिक दल र सरकारसंग आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस