यसकारणले नगर्ने भए कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकारको दावी

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १९ : १७
यसकारणले नगर्ने भए कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकारको दावी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको दावी नगर्ने भएका छन् । उनीहरुले दावी नगर्ने भएपछि फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने भएका छन् । 

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा नदिएपछि  कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनमा अघि नबढ्ने भएका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेस र माओवादी केन्द्रको सांसद पुग्दैन । कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । जनता समाजवादी पार्टी पनि आन्तरिक किचलोमा रहेका कारण नयाँ सरकार गठनका प्रक्रिया अघि बढ्न नसकेको कांग्रेसका एक नेता बताउँछन् । 
प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नआउने निश्चित भएपछि कांग्रेस र माओवादीले नयाँ सरकारको दावी नगर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस