ओलीले पठाए माधव नेपालसहित चार नेतालाई कारबाही फुकुवाको पत्र

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १४ : ५७
ओलीले पठाए माधव नेपालसहित चार नेतालाई कारबाही फुकुवाको पत्र

काठमाडौं । माधवकुमार नेपालसहित चार नेतालाई गरिएको कारवाहीको फुकुवा भएको पत्र सम्बन्धित व्यक्तिलाई पठाइएको छ ।

नेकपा एमालले कारवाही फुकुवाको पत्र केन्द्रीय कार्यालयका कर्मचारीमार्फत पठाएको हो । कारबाही फुकुवाको पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ । 

ओलीले पत्रमा २०७८ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख गरेका छन् ।