ठाकुरले आफू पक्षका सांसदलाई पुर्‍याए रिसोर्टमा

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १४ : ५७
ठाकुरले आफू पक्षका सांसदलाई पुर्‍याए रिसोर्टमा

file-photo

काठमाडौँ  ।जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन् ।बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा पुर्‍याएका हुन् ।

एक सांसदले भने, अहिले हामी एक रिसोर्टमा छौं । हामी पक्षकालाई यहाँ ल्याइएको छ । १७ सांसदमध्ये १३ जना रिसोर्टमा छौं ।

सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन् ।कुन रिसोर्टमा भन्न मिल्दैन । यहाँ राजेन्द्र महतो पनि हुनुहुन्छ । सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ, ती सांसदले भने ।

जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका हुन् ।

प्रतिक्रिया दिनुहोस