एमाले स्थायी कमिटिको निर्णय : माधव नेपाल सहित ४ नेताको निलम्बन फुकुवा

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, ११ : १९
एमाले स्थायी कमिटिको निर्णय : माधव नेपाल सहित ४ नेताको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकलले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।

आज बसेको बैठकले नेपालसहित सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

प्रतिक्रिया दिनुहोस