नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टाभित्र ३ लाख २९ हजार नयाँ संक्रमित थपिएका छन्। यही अवधिमा ३ हजार ८७६ कोरोनाका बिरामीले ज्यान गुमाएका छन्।
भारतलाई राहत दिने खबर भनेको लगातार दोस्रो दिन संक्रमितको संख्यामा कमी आएको छ। अर्कातिर ६२ दिनयता पहिलो पटक नयाँ संक्रमतिको तुलनामा निको हुने बिरामीको संख्या धेरै देखिएको छ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाए अनुसार ताजा विवरणमा २४ घण्टामा ३ लाख २९ हजार ९४२ कोरोना संक्रमित भेटिएका छन्। यसका साथै भारतमा कुल संक्रमितको संख्या बढेर २ करोड २९ लाख ९२ हजार ५१७ पुगेको छ।
अर्कातिर देशमा लगातार दोस्रो दिन पनि मृतकको संख्या ४ हजार हाराहारी रह्यो। ३,८७६ ले ज्यान गुमाएपछि भारतमा मृतकको संख्या बढेर २ लाख ४९ हजार ९९२ पुगेको छ। मंगलबार भेटिएका संक्रमितको संख्या विगत १५ दिनकै सबैभन्दा कम हो। यसअघि २६ अप्रिलमा ३ लाख १९ हजार नयाँ संक्रमित भेटिएका थिए।
स्वास्थ्य मन्त्रालयको ताजा विवरण अनुसार भारतमा सक्रिय संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। पछिल्लो घण्टामा कीर्तिमानी ३ लाख ५६ हजार ८२ जनाले कोरोना जित्न सफल भएका छन्।
यसका साथै देशमा अहिलेसम्म १ करोड ९० लाख २७ हजार ३०४ संक्रमित निको भएका छन्। भारतलाई राहत दिने कुरा भनेको ६२ दिनपछि नयाँ संक्रमितको तुलनामा कोरोना जित्नेको संख्या धेरै भएको हो।
यसअघि ९ मार्चमा १७ हजार ८७३ संक्रमित भेटिँदा २० हजार ६४३ निको भएका थिए। तर भारतमा सक्रिय संक्रमित बढेर ३७ लाख १५ हजार २२१ पुगेका छन्। सक्रिय संक्रमित अमेरिकापछि भारतमा सबैभन्दा धेरै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै