एमाले नेता भेटवालको अवस्थाबारे बीर अस्पतालबाट आयो यस्तो खबर

सोमबार, १९ चैत्र २०७४, १५ : ३०
एमाले नेता भेटवालको अवस्थाबारे बीर अस्पतालबाट आयो यस्तो खबर

चितवन । क्यान्सर रोगबाट पीडित एमाले नेता जागृतप्रसाद भेटवालको अवस्था गम्भीर भएपछि उनलाई बीर अस्पतालको आसियूमा सारीएको छ ।

मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई वीर अस्पतालमा लगिएको छ । क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरिरका सवै अंगमा क्यान्सर रोग फैलिसकेको चिकित्सकहरुले बताएका छन् । उनलाई ०६२ सालदेखि नै यो समस्या थियो । ०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भयो ।

उनलाई शुरुमा प्रोस्टेटको क्यान्सर देखिएको थियो । नेता भेटवालको अवस्था गम्भीर बन्दै गएको प्रदेश नः ३ का सांसद विजय सुवेदीले जानकारी दिए । नेता भेटवाल डेढमहिना अघिबाट काठमाण्डुमा नै उपचार गराइरहेका छन् ।

पहिलो मिडसिटी अस्पतालमा उपचार गराइरहेको नेता भेटवाललाई फाल्गुण १३ गते एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरी उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेता भेटवाललाई अस्पतालमा भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस