मन्त्रिपरिषद् बैठक : वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, २० : २६
मन्त्रिपरिषद् बैठक : वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालहरुको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने बताएका थिए । बैठकमा एकीकृत कोभिड अस्पताल सन्चालन गर्नेबारे प्रस्ताव आएको र त्यसमा थप छलफलपछि निर्देशिकासहितको व्यवस्थित प्रक्रिया अघि बढ्ने एक मन्त्रीले बताए ।

यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस