काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् ।
निषेधाज्ञामा पनि कायम राखिएकाे नयाँ दिल्ली उडानकाे प्रयाेग आज र प्रमुखले गरेका छन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ ।
सुरक्षा स्रोतका अनुसार रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागर शुक्रबार एयर इण्डियाको उडानबाट काठमाडौं आएका हुन् । उनीसँगै रअकै अर्का कर्मचारी पनि काठमाडौं आएका छन् । उनीहरुलाई ‘रिसिभ’ गर्न दूतावासका अधिकारीहरु विमानस्थल पुगेका थिए ।
नेपालमा राजनीतिक संकट चुलिँदै जाँदा छिमेकी अधिकारीहरुको चासो बढ्ने गरेको छ । केही महिनाअघि रअका प्रमुख सामन्त गोयल समेत नेपाल आएका थिए भने उनले प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वसँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, १९ : ५७
लेखकबाट थप