उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट हेटौँडा पुगे बादल

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १२ : ५५
उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट  हेटौँडा पुगे बादल

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ। शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। 

थापा उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा पुगेका हुन्। वाग्मती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय शुक्रबार साँझ ४ बजेसम्म छ । 

राष्ट्रियसभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटाले उम्मेद्वार बनाएको छ ।  देवकोटा पनि उमेदवारी दर्ताको लागि  हेटौंडा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस