काठमाडौं । आउँदा दिनमा कोभिडले हुने मृत्युको संख्या अझ बढ्ने संकेत देखिएको औंल्याउँदै स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘ठूलाबडा र पहुँच भएकाहरू पहिल्यै आत्तिएर आईसीयूमा बस्ने अवस्था देखिएको छ ।
आवश्यकता भएकालाई अस्पतालमा भर्ना गर्नै समस्या भएको छ ।’ ती अधिकारीका अनुसार अब विस्तारै बेड नपाएर, आत्तिएर र डराएर अझ बढी मृत्यु हुने जोखिमसमेत बढेको छ ।
अस्पतालमा चिकित्सकीय निर्णयका आधारमा भन्दा पनि सोर्स र पहुँचका आधारमा भर्ना हुने अवस्थाले गर्दा वास्तविक जटिल उपचारको खाँचो रहेकाहरूले उचित उपचार, बेड नपाएर मृत्युवरण गरिरहेको दाबीसमेत स्वास्थ्य मन्त्रालयका अर्का एक उच्च अधिकारीले गरे ।
हाल पहिलाको दाँजोमा सबै उमेर समूहकाको कोभिडले मृत्यु भइरहेको जनाउँदै सेती अञ्चल अस्पतालका डा। शेरबहादुर कमर भन्छन्, ‘यस पटक हाम्रो क्षेत्रमा मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका बढी देखिएका छन् ।’ यस पटक कोभिडले उत्पन्न निमोनियाका बिरामी बढी भर्ना भइरहेको समेत उनले बताए ।
त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार अत्यन्त गम्भीर अवस्थाका बिरामी अस्पताल आएका छन् । अस्पताल आउने सबैलाई अक्सिजन आवश्यक देखिएको छ भने अधिकांश बिरामी निमोनिया लिएर अस्पताल पुग्ने गरेका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ बैशाख २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना
दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा हुने
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने सरकारको निर्णय
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार