सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना

रासस

विहीबार, १५ फागुन २०८१, १२ : १२
सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना

सिरहा।  सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गरे ।

“हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने ।

उनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि रु १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस