काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए ।
लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । ‘हेलिकप्टरबाट काठमाडौं पठाइएको छ,’ कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए ।
पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल