माओवादी कोटामा नियुक्त अस्ट्रेलियाका राजदूत दाहाललाई सरकारले बोलायो फिर्ता

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १० : ०५
माओवादी कोटामा नियुक्त अस्ट्रेलियाका राजदूत दाहाललाई सरकारले बोलायो फिर्ता

काठमाडौँ । नेकपा माओवादी कोटामा नियुक्त भएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गएको छ । 

श्रोतका अनुसार सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले २०७६ को असोजमा उनलाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।

नेकपा एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले फिर्ता बोलाउन थालेको हो। सरकारले यस अघि माओवादी कोटामा प्रदेश प्रमुखलाई पनि फिर्ता बोलाएर नयाँ नियुक्ती गरेको छ । 

प्रतिक्रिया दिनुहोस