भारतमा हुने हवाइ उडान हप्ताको सातबाट दुईमा झर्यो, अन्य अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १४ : १७
भारतमा हुने हवाइ उडान हप्ताको सातबाट दुईमा झर्यो, अन्य अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द

काठमाडौं । सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । 

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो ।

तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । 

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाका कारण हवाई उडान स्थगित गर्नुपरेको जानकारी दिए । मन्त्री गुरुङले भारतमा हुने हवाइ उडान हप्ताको सातबाट दुईमा झारिएको बताए । 

 

प्रतिक्रिया दिनुहोस