महोत्तरीमा संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १३ : ५४
महोत्तरीमा संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना  संक्रमण


बर्दीबास ।गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका ९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ । मलामीमा गएका ६०र७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस