५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १२ : ०६
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

सांकेतिक तस्वीर

जुम्ला । जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।  कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस