झापाको कोइला फ्याक्ट्रीमा आगलागी

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ११ : ५९
झापाको कोइला फ्याक्ट्रीमा आगलागी

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा आगलागी भएको छ । पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्ट्रीमा सोमबार बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक र उर्लाबारीको ६ वटा दमकलसहित स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरी खटिरहेको भए पनि  नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय चन्द्रगढीका सूचना अधिकारी राकेश थापाले बताए ।

आगलागीबाट मानवीय क्षति नभए पनि फ्याक्ट्रीभित्र कोइला उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधनसमेत रहेकाले ती कति नष्ट भए भन्ने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस