काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन प्रतिशत शून्य रहेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका सदस्य मिहीर ठाकुरले यस्तो जानकारी गराएका हुन् ।
आयोगको वर्तमान हाम्रो कार्यकालको सिफारिस कार्यान्वयन प्रतिशत शून्य छ । अगाडि १४ प्रतिशत सिफारिस भएको थियो । हाम्रो पालामा एउटा पनि सिफारिस कार्यान्वयन भएन,’ उनले भने । आयोगका अध्यक्ष तपबहादुर मगरले पनि सिफारिस कार्यान्वयन अवस्था कमजोर रहेको बताएका थिए ।
अध्यक्ष मगरले मानव अधिकार आयोग ऐन संशोधन विधेयक तयार गरेर पठाउँदा समेत सरकारले अगाडि नबढाएको गुनासो गरे । उनका अनुसार आयोगको अन्तर्राष्ट्रिय श्रेणी घटुवासम्मको विषय आएको र आयोगका सिफारिस कार्यान्वयन लगायत समयानुकूल संशोधन गर्ने गरी तीन महिना अगाडि नै विधेयक सरकारलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक सरकारले नै रोकेको गुनासो
पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग
लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानव अधिकार आयोग
रुस-युक्रेन युद्धमा प्रभावित नेपालीको उद्धार गर : आयोग