काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक सरकारले नै रोकेको गुनासो आयोगले गरेको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो गुनासो गरेका हुन् ।
अध्यक्ष मगरका अनुसार आयोगको अन्तर्राष्ट्रिय श्रेणी घटुवासम्मको विषय आएको र आयोगका सिफारिस कार्यान्वयन लगायत समयानुकूल संशोधन गर्ने गरी विधेयक तयार दिइएको छ ।
‘तर विधेयक मन्त्रिपरिषद्बाट अगाडि बढ्न सकेन । मन्त्रिपरिषद्मै अड्किएको छ,’ अध्यक्ष मगरले भने, ‘ऐन संशोधन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको छ ।’
अध्यक्ष मगरका अनुसार आयोगले विधेयक अगाडि बढाउन ताकेता पनि गरिरहेको छ । उनले दोहोर्याए, ‘३/४ महिना भयो विधेयक बनाएर पठाएको तर अगाडि बढेन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन शून्य प्रतिशत
पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग
लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानव अधिकार आयोग
रुस-युक्रेन युद्धमा प्रभावित नेपालीको उद्धार गर : आयोग
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह