बुटवलमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ११ : १३
बुटवलमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देही । रूपन्देहीको बुटवलमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्वरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकलाई बुटवल उपमहानगरपालिका-१२ ढवाहमा ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आइतबार राती भएको दुर्घटनामा परी घाइते भएको आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस