झलनाथ खनाल भन्छन् : मुलुक समृद्ध बनाउने जिम्मेवारी युवाहरुको काँधमा

आइतबार, १८ चैत्र २०७४, १६ : १७
झलनाथ खनाल भन्छन् : मुलुक समृद्ध बनाउने जिम्मेवारी युवाहरुको काँधमा

काठमाडौं । सत्तारुढ एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताएका छन् ।

आईतबार युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा  बोल्दै नेता खनालले युवा जनशक्ति मुलुक निर्माणको मूल आधार भएको भन्दै त्यसको उचित परिचालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
वरिष्ठ नेता खनालले मुलुकलाई आर्थिक रुपले सम्मुन्नत बनाउन युवा जनशक्ति निर्माणमा ध्यान दिन सरकारलाई सुझाव समेत दिएका छन् ।

वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउने प्राकृतिक स्रोतहरु यथेष्ट भएपनि त्यसलाई परिचालन गर्ने जनशक्ति नभएकै कारण मुलुकमा गरिवी कायमै रहेको बताए । उनले उत्पादनमूलक क्षेत्रमा काम गरेर अघि बढनुपर्नेमा जोड समेत दिए ।

प्रतिक्रिया दिनुहोस