खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न दिने तयारी

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १९ : ३९
खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न दिने तयारी

काठमाडौं । उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरु बिहानको समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्टर स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलिनसक्ने विश्लेषणका साथ एक समयमात्रै खोल्न दिनेबारे छलफल भएको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले आजको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सिडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्कर्षमा पुगेको भन्दै यसबारे भोलि पुनः बैठक बसेर निर्णय लिइने बताए । 

हाल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म त्यस्ता पसल खोल्न दिइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस