काँग्रेस नेता शिवबहादुर खड्काको निधन

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १७ : ५१
काँग्रेस नेता शिवबहादुर खड्काको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता शिवबहादुर खड्का निधन भएको छ । वैशाख १९ गते भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उनको निधन भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१९९७ सालमा जन्मिएका स्वर्गीय खड्काले काँग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनी  तत्कालीन शेरबहादुर देउवा नेतृत्वको०नेपाली काँग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य र संविधानसभा सदस्य भएका थिए ।

यस्तै स्वर्गीय खड्का नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्व सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति समेत भएका थिए । उनको निधनप्रति काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका नेता एवं मेरा मित्र शिवबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनुभएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ देउवाको भनाई विज्ञप्तिमा उल्लेख छ । उनको निधनबाट पार्टीले एक अनुभवी र अग्रज नेतृत्वलाई गुमाएको देउवाले बताए

प्रतिक्रिया दिनुहोस