कोरोना संक्रमणको हटस्पट बन्दै काठमाडौं उत्पयका, २४ घंटामा ३५ सय बढी संक्रमित

काठमाडौं उत्पयका

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १७ : १४
कोरोना संक्रमणको हटस्पट बन्दै काठमाडौं उत्पयका, २४ घंटामा ३५ सय बढी संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घंटामा काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस