ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर एक मजदुरको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १६ : ००
ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर एक मजदुरको मृत्यु

जाजरकोट  । जाजरकोटमा घोरेटो बाटो निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । जुनीचाँदे गाँउपालिका ११ का ५० वर्षीय सकरे बस्नेतको मृत्यु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको मेसु लमरा घोरेटो बाटो निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर उनको घटनास्थलमै ज्यान गएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले बताइन् । 

प्रतिक्रिया दिनुहोस